बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !

सारांश

  • बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् ।
  • शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।
  • मेयरमा विजयी पराजुलीले २३ हजार ३१ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७ हजार ३ सय २१ मत पाएका छन् ।

बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।

मेयरमा विजयी पराजुलीले २३ हजार ३१ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७ हजार ३ सय २१ मत पाएका छन् ।

संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ८६ मत पाइन । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत पाइन् ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् ।

काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को कान्छो नगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर, एक्लै मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार पराजुलीलाई गठबन्धन गर्नेहरुलेसमेत हराउन सकेनन् ।

महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ । कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।मेयरमा विजयी बनेपछि पराजुलीले बिराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?