बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०८१
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ।

काठमाडौं। पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो
राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता
राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता
संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यक : नेता खाँण
संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यक : नेता खाँण
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो

तपाईंले छुटाउनुभयो कि?