बेलायतमा देउवालाई ठूलो सलामी कि ओलीलाई ?
सारांश
- बेलायत यात्रामा निस्केका जङ्गबहादुरले ब्रिटिश शासित भारतमै सलामी खाइसकेका थिए ।
- जहाजको यात्रा हुँदै बेलायत पुगेपछि त्यहाँ पनि सलामी खाए ।
- जङ्गबहादुरको बेलायत यात्रा देखि उनले खाएको सलामीको विषय अझै पनि चासोको विषय बनेको छ ।
बेलायत यात्रामा निस्केका जङ्गबहादुरले ब्रिटिश शासित भारतमै सलामी खाइसकेका थिए । जहाजको यात्रा हुँदै बेलायत पुगेपछि त्यहाँ पनि सलामी खाए । जङ्गबहादुरको बेलायत यात्रा देखि उनले खाएको सलामीको विषय अझै पनि चासोको विषय बनेको छ । बेलायतको राजकीय भ्रमण गर्ने एशियाकै पहिलो नेता बनेका जङ्गबहादुरको यात्राबारे अध्ययनकर्ताहरुले गहिरो अध्ययन गरिरहेका छन् । जङ्गबहादुरपछि कुनै पनि प्रधानमन्त्रीले बेलायतको राजकीय भ्रमणको निम्तो पाएनन् । अन्य कार्यक्रममा गए आए । उनीहरुको इज्जत धान्न सलामी दिन्थे, त्यो पनि ब्रिटिश गोर्खाको तर्फबाट । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बेलायत यात्रामा सलामी पाए । २८ जेठमा लण्डनको स्यान्डहर्टस्ट स्थित ब्रिगेड अफ गुर्खा हेडक्र्वाटरको अवलोकन भ्रमण गर्दा ब्रिटिश गोर्खाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफू बेलायत जाँदा गार्ड अफ अनर पाएको दाबी गरे । उनले आफूले ठूलो सलामी पाएको दाबी गर्दै संसदमा ओलीको बेलायत यात्रा हल्का भएको टिप्पणी गरे ।
कस्ले खाएको सलामी ठूलो भन्ने विषयले नेपाली राजनीतिमा चर्चा पाएको छ । देउवाले मुखै फोरेर बेलायतले आफूलाई उच्च सम्मान दिएर त्यहाँको सेनाले सलामी दिएको दाबी गरे । तर, देउवाले पनि बेलायतको राजकीय भ्रमणको निम्तो अहिलेसम्म पाएका छैनन् । उनी विद्यार्थी नेता हुँदा बेलायतमा केही वर्ष अध्ययन गरेर फर्किएका थिए ।
यो पनि पढ्नुस्
हायतका कर्मचारी काममा फर्किए
श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन्। श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए। श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानूनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदूरलाई आग्रह गरेको थियो। मजदूर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन।
“आन्दोलरत मजदूर सबै काममा फर्केका छन्”, अध्यक्ष दाहालले भने, “तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानूनी बन्द कायमै राखेको छ।” मजदूर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन। पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो। होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ। “जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्”, उनले भने, “मजदूरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ।
मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताए। सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका थिए। मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो। हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो। दुई सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।
प्रतिक्रिया