सरकारसँग घुँडा टेक्दै यातायात व्यवसायी!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सरकारसँग घुँडा टेक्दै यातायात व्यवसायी!

सारांश

  • काठमाडौं, १९ वैशाख।
  • सिन्डिकेट विरूद्ध अान्दाेलनमा  रहेका यातायात व्ययसायीहरूले सरकार संग हार मानेर घुंडा टेक्न थालेका छन ।
  • सरकारलाई घुर्क्याउन आन्दोलनमा रहेका यातायात व्यवसायीहरू गुपचुपरूपमै धमाधम कम्पनी दर्तामा जान थालेका हुन् ।

काठमाडौं, १९ वैशाख। सिन्डिकेट विरूद्ध अान्दाेलनमा  रहेका यातायात व्ययसायीहरूले सरकार संग हार मानेर घुंडा टेक्न थालेका छन ।

सरकारलाई घुर्क्याउन आन्दोलनमा रहेका यातायात व्यवसायीहरू गुपचुपरूपमै धमाधम कम्पनी दर्तामा जान थालेका हुन् ।

सरकारले सिन्डिकेट अन्त्य गर्ने उद्देश्यका साथ यातायात व्यवसायीसम्बद्ध संघ–संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण नगर्ने निर्णय गरेसँगै व्यवसायीहरू कम्पनी रजिस्ट्रारको कार्यालय धाउन थालेका  खुल्नमा अाएकाे छ ।

गत चैत महिनापछि मात्रै २८ वटा यातायात कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । सरकारको पछिल्लो निर्णयसँगै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने बस व्यवसायीको संख्या बढ्दै गएको रजिस्ट्रारको कार्यालयका सूचना अधिकृत राजेन्द्र थापाले बताए ।

, ‘सरकारले गरेको पछिल्लो निर्णयपछि कम्पनीमा दर्ता हुन आवेदन दिने यातायात व्यवसायीको संख्या बढिरहेको छ । कार्यालय खुलेको प्रत्येक दिन नै यातायाता व्यवसायी दर्ताका लागि कार्यालय पुग्ने गरेका छन्, अबका दिनमा यो संख्या अझ बढ्ने देखिन्छ  लाेकान्तमा  खवर छ।’कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकअनुसार शुक्रबारसम्म दर्ता हुने यातायात व्यवसायी कम्पनीहरू ६ सय ५७ पुगेका छन् । चैतमा ११ वटा यातायात कम्पनी दर्ता भएका थिए भने वैशाख १६ गतेसम्म १७ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।

अन्य समितिका पदाधिकारी पनि नाम ‘रिजर्भ’ गर्न आउन थालेको कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरू बताउँछन् ।

‘समितिलाई कम्पनीमा जानैपर्ने बाध्यता भएकाले ढिलाइ गरे नाम अर्कैले लिने डर व्यवसायीलाई छ,’ सूचना अधिकारी थापा भन्छन्, ‘अर्कैले सिन्डिकेट लादिरहेका केही समितिहरूले नै कम्पनी नाम ‘रिजर्भ’ गरिसकेका छन् ।

समितिहरूको नाममा ट्रेडमार्क लागू नहुने बताउँदै थापाले कम्पनीमा दर्ता नभएको कुनै नाम पनि आए दर्ता गर्नुपर्ने अवस्था रहेको बताए ।

अरनिको नै कम्पनीमा !

पछिल्लो समय सरकारले अरनिको राजमार्गमा मयूर यातायातलाई अनुमति दिएपछि सिन्डिकेटका पक्षमा आन्दोलनमै उत्रिएको अरनिको यातायात सेवा समिति पनि कम्पनीमा दर्ता भएको छ ।

कम्पनी रजिस्ट्रारको तथ्यांकअनुसार अरनिको सेवा समिति यही वैशाख १३ गते काठमाडौं महानगरपालिका– ३२ बाट कम्पनीमा दर्ता भएको हो । अरनिको यातायात सेवा समिति– २०२९ सालमा काभ्रेको बनेपामा स्थापना भएको थियो । यो समितिसँग हाल ६५० भन्दा बढी गाडीआवद्ध छन् ।

समितिका पदाधिकारीले भने आफूले कम्पनीले दर्ता नगराएको दाबी गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि आफ्नो आन्दोलन जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?