खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
१७ पटक हेरिएको
Shares
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

सारांश

  • बनेपा।
  • काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन।
  • प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो।

बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन। प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो।

दुवै सङ्घले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो। काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए।

स्कूल अफ म्यानेजमेन्टका डिन प्रा डा विजय केसीको संयोजकत्वमा प्रा डा बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ। तर, सो समितिले औपचारिकरूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ। वार्ता समितिका संयोजक केसीले औपचारिकरूपमा नभए पनि अनौपचारिकरूपमा कुराकानी भइरहेको बताए।

आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ। आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपु¥याएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा खोज्दा अजिंगर फेला परेपछि…
माछा खोज्दा अजिंगर फेला परेपछि…
सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
विप्लव कार्यकर्ताको कालोमोसो धन्दा, दिनदिनै दुव्र्यवहार बढ्दो
विप्लव कार्यकर्ताको कालोमोसो धन्दा, दिनदिनै दुव्र्यवहार बढ्दो
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?