तालीमपछि रोजगारी पाइएन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तालीमपछि रोजगारी पाइएन्

सारांश

  • नेपालगञ्ज, २९ साउन ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् ।
  • नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन हुँदै आएको सो परियोजनाबाट अहिलेसम्म विभिन्न प्राविधिक विषयमा ३८ हजार ५७६ ले तालीम लिइसकेका छन् ।

नेपालगञ्ज, २९ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् ।नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन हुँदै आएको सो परियोजनाबाट अहिलेसम्म विभिन्न प्राविधिक विषयमा ३८ हजार ५७६ ले तालीम लिइसकेका छन् ।तीमध्ये ७० प्रतिशत जनशक्ति मुलुकभित्र स्वरोजगार र विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानमा रोजगारमा संलग्न रहेका परियोजनाका कार्यकारी निर्देशक सञ्जीव पन्थीले बताउनुभयो ।

परियोजनाअन्तर्गत निर्माण व्यवसाय, उत्पादनमूलक र सेवामूलक गरी तीन श्रेणीमा विभिन्न सीप विकासका तीन महिने तालीम सञ्चालन हँुदै आएको छ । तालीम प्रदेश नं ५, ७, कर्णाली प्रदेश र सङ्घीय राजधानी काठमाडौँमा सञ्चालन भइरहेको जनाइएको छ ।नेपालमा प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारका अवसर सिर्जना गर्ने र रोजगारदातालाई श्रमबजारमा दक्ष जनशक्ति उपलव्ध गराउने उद्देश्यले सीप विकास परियोजना सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?