भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने

सारांश

  • चितवन, १५ असोज  ः भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
  • महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो ।
  • भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताउनुभयो ।

चितवन, १५ असोज  ः भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताउनुभयो । “वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ”, उहाँले भन्नुभयो, “डेढ महिना ढिलो भएपनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ ।”

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने कार्यकारी अधिकृत जोशीले बताउनुभयो ।

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिनेछ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्वती शाहले बताउनुभयो । उहाँका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ ।

महानगरले छ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछन् ।

गत वर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताउनुभयो । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै रु तीन अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्राथमिकतामा रहने बताउनुभयो । त्यसैगरी पिउने पानी र आयआर्जनका काम अल्पकालीन योजनाका रुपमा रहने उहाँले बताउनुभयो ।

दीर्घकालीन योजनाका रुपमा बृहत् गुरुयोजना निर्माण गरी मेगा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताउनुभयो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Minesh Gole

    La badai xa

    Comment Author

    उर्केन गुरु लामा

    बजेट ल्याउने र देशलाई सम्बिर्दि बनाउने मावबादि क्रेन्र्द बाहेक अरुको दम छैन

    Comment Author

    Ram Sharan Dhakal

    देश को बजेट कुम्ल्याइ महल खडा गर्ने माओवादी नेता को दम पनि कम्तिको चही होइन

    Comment Author

    Ram Lal

    रेनू माला माल खानि भई बजेट अरबों

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?