भारतको सीमा मध्यरातिबाट बन्द, नेपाल र भुटानलाई असर नगर्ने
सारांश
- काठमाडौं, २९ फागुन ।
- भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ ।
- मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।
काठमाडौं, २९ फागुन । भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।
तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ । भारत सरकारले गरेको हालैको यो निर्णयले नेपाललाई कुनै असर नगर्ने बुझिएको छ । इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।
मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।
भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।
प्रतिक्रिया