दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
सारांश
- काठमाडौं ।
- पूर्वबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहानै त्रिशुलीमा खसेको छ ।
- ।
काठमाडौं । पूर्वबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहानै त्रिशुलीमा खसेको छ । । धादिङको गजुरी बन्छेटारको जरेखेतमा ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ, केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा कति यात्रु थिए र दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया