भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

सारांश

  • काठमाडौं ८ फागुन ।
  • नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ ।
  • अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु-याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

काठमाडौं ८ फागुन । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु-याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेरका छन् ।

बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए । यो समाचार नागरिकमा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?