प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
३९ पटक हेरिएको
Shares
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

सारांश

  • काठमाडौँ ।
  • जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् ।
  • आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् ।

काठमाडौँ । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् ।

आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् । विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

अहिलेसम्म कुनै कम्पनी नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पोल भाडा सम्झौताका लागि अहिलेसम्म एउटा कम्पनी पनि आएको छैन ।”

प्राधिकरणले पालिकाअनुसार पोल भाडा कायम गरेको छ । यसअनुसार महानगरभित्र एक किलोमिटरका लागि रु नौ हजार र नगरपालिका एवं गाउँपालिकाका लागि रु सात हजार रहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्षको पाँच महिना पूरा हुँदासमेत पोल भाडा सम्झौता गर्न इन्टरनेट प्रदायक संस्था नआएपछि केन्द्रले अभियान सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । निर्वाचन, चाडपर्वका कारण काम गर्न नपाएको बताउँदै उहाँले यही पुस १५ गतेदेखि पोल भाडा सम्झौताका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो ।

अभियानमा सुरुआती समयमा प्रदायक संस्थालाई बोलाएर सम्झौताका लागि आग्रह गर्ने र अटेर गरे सामान जफत गर्ने उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा यहाँ रहेका इन्टरनेट प्रदायक संस्थाले रु एक करोड ८५ लाख पोल भाडाबापतको रकम बुझाएको भए पनि यस वर्ष सम्झौताका लागि नआएका हुन । उहाँले भन्नुभयो, “यस वर्ष पोल भाडाबापतको रकम करिब रु दुई करोड उनीहरुले प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ ।”

यस वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरपालिका–१ देखि १६ सम्म, यस्तै वडा नम्बर २२ र २९ पर्छन् । इच्छाकामना गाउँपालिकासमेत यसै केन्द्रअन्तर्गत पर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    регистрация в binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
किन आलोचना बढ्दै छ सरकारको ?
किन आलोचना बढ्दै छ सरकारको ?
युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया
युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया
केकी अधिकारीलाई  कस्ले छुटाउन खोज्यो हेरौ
केकी अधिकारीलाई कस्ले छुटाउन खोज्यो हेरौ
सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ
सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने