उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
२० पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै

सारांश

  • साेल।
  • उत्तर कोरियाले आइतबार पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।
  • एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो।

साेल। उत्तर कोरियाले आइतबार पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ। अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाइ उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ।

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आज बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ। दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो। सोलले आजको प्रक्षेपणलाई गम्भीर उत्तेजना तथा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन भनेको छ।

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले पनि प्रक्षेपणको निन्दा गरेको छ। जापानले पनि उक्त परीक्षणको निन्दा गरेको छ। टोकियोले बेइजिङस्थि आफ्नो दूतावासमार्फत उत्तर कोरियाको विरोध गरेको जापानका उपरक्षामन्त्री ताशिरो इनोले पत्रकारहरूलाई बताएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ। देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन्।

बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द-प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन्। उत्तर कोरियाले आइतबार गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उनीहरूको तर्क छ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।

प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमाण्को पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ। साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका-दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ। साथै उसले उत्तरको निन्दा गरेको छ। आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तरराष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिएका थिए।

उनले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका थिए।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन। आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ।

उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न हालै सोल र टोकियोले विगतका विवाद बिर्सने सहमति गर्दै प्योङयाङका गतिविधिसम्बन्धी सूचना एकअर्काले आदान प्रदान गर्ने सम्झौता गरेका छन्। प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य सूचना आदान प्रदान गर्नेबारेमा गत बिहीबार जापान र दक्षिण कोरियाबीच सहमति भएको हो।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार उत्तर कोरियाले निरन्तर गरेको क्षेप्यास्त्र परीक्षणले लामो समयदेखिका प्रतिद्वन्द्वी जापान र दक्षिण कोरियालाई नजिक्याएको छ। बाह्रवर्षपछि दक्षिण कोरियाली राष्ट्रपतिले जापान भ्रमण गरेर उच्च नेतृत्वसँगको शिखर वार्तापछि सुरक्षा सहयोग बढाउने पारस्परिक सहमति गर्नु प्योङयाङकै देन भएको उनीहरूको टिप्पणी छ।

राष्ट्रपति युनसँगको वार्तामा जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तरको सामना गर्न सोल र टोकियो एकजुट हुनुनपर्नेमा जोड दिएका थिए। सोलसँगको सम्बन्ध बिग्रदा रोकिएको सुरक्षा सूचना आदानप्रदान अब पुनः शुरु हुनेछभने निलम्बित सुरक्षासम्बन्धी द्विदेशीय वार्ता पनि हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
राप्रपा केन्द्रिय परिषद बैठक शुरु
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
लकडाउनको नयाँ मोडालिटीलाई आयो यस्तो प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?