नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा

सारांश

  • लगातार १ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा ना लेखाउन सफल बन्दना नेपालले आफ्नो सफलताले सन्तुष्ट रहेको बताएकी छिन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपालले राष्ट्रको नाम राख्न सफल भएसँगै समाजसेवामा लाग्ने ईच्छा पनि जागेको बताइन् ।
  • तर राजनीतिमा जाने चाहना नभएको उनले बताईन् ।

लगातार १ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा ना लेखाउन सफल बन्दना नेपालले आफ्नो सफलताले सन्तुष्ट रहेको बताएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपालले राष्ट्रको नाम राख्न सफल भएसँगै समाजसेवामा लाग्ने ईच्छा पनि जागेको बताइन् ।

तर राजनीतिमा जाने चाहना नभएको उनले बताईन् । यद्यपी समाजसेवा पनि राजनीतिकै एक अंग भएकाले सबै कुरा सम्भव रहेको उनको तर्क छ ।

राम्रो कथावस्तुमा अवसर पाइयो भने चलचित्रमा पनि अभिनय गर्ने उनले बताइन् । अन्तरवार्तामा सँगै रहेका बन्दनाका बुबाले पनि छोरीको चाहनाअनुसार आफूले योजना बनाउने बताए । बाबुले अहिले पनि चलचित्रमा काम गर्न अफर आएको खुलासा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?