२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
४९ पटक हेरिएको
Shares
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्

सारांश

  • वीरगन्ज– वीरगन्जमा एक युवतीले गर्भवती भएको ७ महिनामै एकैपटकमा चारजना बच्चा जन्माएकी छिन् ।
  • वीरगन्जको एक निजी अस्पतालमा मंगलबार २० वर्षीया नजमा खातुनले एकैपटकमा चारजना छोराछोरी जन्माएकी हुन् ।
  • पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका नजमाले ३ छोरी र १ छोरा गरी चार जना बच्चा जन्माएकी हुन् ।

वीरगन्ज– वीरगन्जमा एक युवतीले गर्भवती भएको ७ महिनामै एकैपटकमा चारजना बच्चा जन्माएकी छिन् । वीरगन्जको एक निजी अस्पतालमा मंगलबार २० वर्षीया नजमा खातुनले एकैपटकमा चारजना छोराछोरी जन्माएकी हुन् ।

पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका नजमाले ३ छोरी र १ छोरा गरी चार जना बच्चा जन्माएकी हुन् ।

चारैजना बच्चाको ५ सय ग्रामदेखि १ किलोसम्म रहेको छ । अस्पतालका चिकित्सकका अनुसार ९ महिनामा शिशु जन्मिनु पर्नेमा खातुनले सात महिनाभित्रै ४ शिशु जन्माएकी छन्। बच्चाहरुको पूर्णरुपमा विकास नभएको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालले जनाएको छ ।

चारै जना बच्चालाई एनआइसीयुमा राखेर सघन उपचार भैरहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?