भारतबाट ५३ डिब्बा सहितको रेल जनकपुर आयो
सारांश
- रेल्वे लिकमा प्रयोग हुने गिट्टी (ब्लाष्ट) सहितको रेल दोस्रो पटक जनकपुर आइपुगेको छ ।
- भारतको झारखण्डबाट हिडेको रेल ५३ डिब्बा सहित जनकपुर आएको हो ।
- रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।
रेल्वे लिकमा प्रयोग हुने गिट्टी (ब्लाष्ट) सहितको रेल दोस्रो पटक जनकपुर आइपुगेको छ । भारतको झारखण्डबाट हिडेको रेल ५३ डिब्बा सहित जनकपुर आएको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका थिए । निर्माणाधीन अवस्थामा रहेको रेल्वे लिक भारत सरकारको सहयोग बनिरहेको हो । धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आज मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिकले बताए ।
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ ।
प्रतिक्रिया