मतदान सुरु भएको साढे चार घण्टामा ३३ प्रतिशत मतदान
सारांश
- काठमाडौं, असार १४ – मतदान सुरु भएको साढे चार घण्टमा ३३ प्रतिशत मत खसेको छ ।
- बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
- स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं.
काठमाडौं, असार १४ – मतदान सुरु भएको साढे चार घण्टमा ३३ प्रतिशत मत खसेको छ । बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार अहिलेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।
तीन सय ३४ स्थानीय तहका सबै मतदान केन्द्रमा अहिले उत्साहजनकरुपमा मतदान भइरहेको आयोजगले जनाएको छ । मतदान बेलुका पाँच बजेसम्म चल्ने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया