आजको बिदेशी मुद्राको बिनिमय दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आजको बिदेशी मुद्राको बिनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तथा क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयाँमा कारोबार हुनेछ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार हुन सक्ने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा र युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँमा कारोबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?