भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला

सारांश

  • काठमाडौं ।
  •  सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ ।
  • शनिबार महामन्त्री डा.

काठमाडौं । सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ ।

शनिबार महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कासि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यवाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘कार्यवाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन । अकस्मात् कार्यवाहक बनाइयो भनेर साथीहरू असन्तुष्ट हुनुहुन्छ ।’ भारतको राजकीय भ्रमण गर्ने दिन ७ भदौमा देउवाले केन्द्रीय समितिमा आठौँ वरीयताका निधिलाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए ।

विधानतः पार्टी उपसभापति कार्यवाहक हुने व्यवस्था छ । तर, उपसभापति मनोनीत नभएको अवस्थामा सभापतिले पार्टीमा छलफल नै नगरी निधिलाई कार्यवाहक सभापति दिएको पौडेल पक्षको दाबी छ । छलफलविनै कार्यवाहक सभापति तोकेपछि देशभरका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको पौडेल पक्षको दाबी छ ।

उपसभापति निधिलाई नै बनाउने तयारी स्वरूप देउवाले कार्यवाहक बनाएका हुन् । तर, बैठकमा शशांक कोइरालाले कार्यवाहक सभापतिका विषयमा खास प्रतिक्रिया दिएनन् ।

फेरि हार्ने डर : साउन मसान्तभित्रै प्रदेश–२ मा उम्मेदवारको टुंगो लगाउने तयारी गरे पनि १० भदौ बित्दासमेत कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणमा पनि ढिलो गरी उम्मेदवार चयन हुँदा फेरि पनि हार्ने चिन्ता पौडेल पक्षको छ । ‘प्रदेश–२ मा उम्मेदवार साउन मसान्तभित्रै टुंग्याउने भन्ने थियो ।

तर, अहिलेसम्म हुन सकेको छैन,’ नेता डा. रामशरण महतले भने, ‘उम्मेदवार चयनमा ढिलाइ गर्दा फेरि पनि हारिन्छ भन्ने चिन्ता बढेको छ । न उतातिर निर्वाचनको तयारी भएको छ न यता उम्मेदवारको टुंगो नै लागेको छ ।’

जिल्लाबाट उम्मेदवारको सिफारिस भएर नआउँदा समस्या देखिएको उनले बताए । भेलामा नेताहरूले महामन्त्री शशांकलाई छिटो उम्मेदवार टुंग्याउने पहल गर्न आग्रह गरेका थिए । छलफलमा नेता पौडेल, महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. महतलगायत सहभागी थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rabi Bastola

    Kehi khutkaudahinan vela garera serelai

    Comment Author

    Khadananda Regmi

    Yesta hutiharale kei ukhadna sakdenan.

    Comment Author

    Narahari Banjara

    alibar tikxau vane adhyaksha bata hatau sere lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?