राजपालमाथिको अभियोग
राजपालमाथिको यो अभियोग सन् २०१० को हो । जतिबेला राजपालले फिल्म ‘अतापता लापता’ बनाउनका लागि एक ब्यापारीसँग ५ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण फिर्ता गर्ने ग्यारेन्टी लिएर यादवले चेक दिएका थिए । तर राजपालको तर्फबाट त्यो पैसा फिर्ता नभएपछि उनीविरुद्ध व्यापारीले चेक बाउन्सको मुद्धा दर्ता गरेका थिए । मुद्दामाथि सुनुवाई गर्दै अदालतले गत १३ अप्रिलमा यादव र उनकी पत्नीलाई दोषी ठहर गरेको थियो । सजाय भने सोमबार तोकेको हो ।
राजपाल यादवले सन् २०१४ मा नेपाली कलाकार झरना बज्राचार्यसँग ‘लभ इन नेपाल’ र नेपाली फिल्म ‘करोडपती’ मा पनि अभिनय गरेका थिए ।
प्रतिक्रिया