असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै

सारांश

  • डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।
  • एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ ।
  • डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ ।

डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ ।
आजको रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रहीआएको छ । दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिन्छ । आजको रात वर्षभरिकै सबैभन्दा लामो रात मानिन्छ ।
छर छिमेक एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूल खाने गरिन्छ । साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार बनाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा सुन्ने सुनाउने प्रचलन पनि छ ।

स्थानीय डिल्लीराज भट्टले आज १५ हात लामो दाउराको मुढोको आगो ताप्नुपर्ने र आपसमा हाँसो–ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन रहेको जानकारी दिनुभयो । पर्वको तयारीस्वरुप हरेक घरका गृहेणीले आआफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत र सत्कार गर्ने गरिन्छ ।

विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाइ छ । पर्वको मौलिकपना लोप हुन नदिन सबै सचेत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?
आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन