थकाली हाेटेलमा झडप, एककाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
थकाली हाेटेलमा झडप, एककाे मृत्यु

सारांश

  • काठमाडाै, २४ कात्तिक ।
  •   मादक पदार्थ सेवनका क्रममा होटेल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ ।
  • राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटेल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।

काठमाडाै, २४ कात्तिक ।  मादक पदार्थ सेवनका क्रममा होटेल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटेल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।झडपका बेला होटेल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहार गरेको आरोपमा होटेल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?