अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !

सारांश

  • काठमाडाै, ३० वैशाख ।
  • गुण्डाहरुको ग्याङ् फाइट भइरहने तनहुँमा सुरक्षा चिन्ता समेत वढेको छ ।
  • तनहुँको व्यास नगरपालिका, वेलचौतारा, खैरनीटार, भिमाद, थर्पु र डुम्रेमा गुण्डागर्दी वढि हुने गरेको पछिल्ला घटनाले पुष्टि गरेको छ ।

काठमाडाै, ३० वैशाख । गुण्डाहरुको ग्याङ् फाइट भइरहने तनहुँमा सुरक्षा चिन्ता समेत वढेको छ । तनहुँको व्यास नगरपालिका, वेलचौतारा, खैरनीटार, भिमाद, थर्पु र डुम्रेमा गुण्डागर्दी वढि हुने गरेको पछिल्ला घटनाले पुष्टि गरेको छ ।

ठेक्कापट्टा, बस, माइक्रोबसबाट अबैध असुली, निर्माण सामग्री उद्योग, क्रसर व्यवसायी संग असुली धन्दा चलाउदै आएका टोले गुण्डाहरु तनहुँ प्रहरीका लागि टाउको दुखाइएको विषय वनेको छ । स्थानिय तहको निर्वाचनमा सहयोग नगरेको भन्दै नेकपा एमालेको तर्फबाट व्यास नगरपालिका वडा नम्वर ७ सत्रसयमा वडा अध्यक्षका उमेदवार राजु गुरुङको समुहले सुमन सिंह गुरुङ र चिनबहादुर गुरुङमाथि आक्रमण गर्दा दुबै जना गम्भिर घाइते भएका थिए।

गुण्डागर्दीमा कहलिएका राजुको समुहले खुकुरी प्रहार गर्दा सुमनको हातमा गम्भिर चोट लागेको थियो। महिनौ सम्म अस्पताल बस्दा पनि अझै राम्रोसँग हात चलाउन नसकेका सुमनलाई मुद्दा मिलाउन केही काँग्रेसी कार्यकर्तासँग मिलेमतो गरी राजुले अदालत र प्रहरीमा चलखेल गर्न थालेको पीडित निकट स्रोतले वतायो युनाइटेड पाेस्टमा खबर छ। प्रहरीले राजु समुहका केही व्यक्तिलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाए पनि फरार रहेका राजु र सुजन श्रेष्ठलाई पक्राउ गरेको छैन। प्रहरीको फरार सुचीमा रहेका उनीहरु दिनभर दमौलीमा देखा पर्दा समेत प्रहरीले नदेखेझै गरेको पीडित पक्षको आरोप छ ।

राजु उनै गुण्डा हुन जसले,माइक्रो बसका सहचालकसँग रकम लुट्दा लुट्दै पक्राउ परेका शुवास नेपाली नामका टोले गुण्डालाई छुटाउन प्रहरीमा एमालेका नेतामार्फत चलखेल गरेका थिए । यसरी फरार रहेका व्यक्तिले पीडित पक्षलाई दबाब दिन लगाई मुद्दा नै कमजोर बनाउन खोजिएपछि पीडितकाे न्याय पाउने आश मरेर गएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    जितेन दुरा

    hawa news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?