भारत र चीनबीच नेपालमा प्रभाव बढाउने प्रतिष्पर्धा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
३३ पटक हेरिएको
Shares
भारत र चीनबीच नेपालमा प्रभाव बढाउने प्रतिष्पर्धा

सारांश

  • समाचार विश्लेषण ।
  • भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किइरहँदा नेपाली भाषामै बोलेर प्रतिक्रिया दिए ।
  • नेपाली मूलकी आमा हरिमाया बस्नेतका छोरा श्रृंगलाले दार्जिलिङे लवजको नेपालीमा आफ्नो भ्रमण तालिका देखि उद्देश्यबारे संक्षिप्त जानकारी गराउँदा धेरैको ध्यानाकर्षण भयो ।

समाचार विश्लेषण । भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किइरहँदा नेपाली भाषामै बोलेर प्रतिक्रिया दिए । नेपाली मूलकी आमा हरिमाया बस्नेतका छोरा श्रृंगलाले दार्जिलिङे लवजको नेपालीमा आफ्नो भ्रमण तालिका देखि उद्देश्यबारे संक्षिप्त जानकारी गराउँदा धेरैको ध्यानाकर्षण भयो । नेपालमा नातासम्बन्ध समेत रहेका श्रृंगलाले नेपाली भाषामा बोलेर नेपालसँगको निकटता प्रकट गरे ।

चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ‘रेशम फिरिरी’ गाउँदा होस् या नेपाली भाषामा ट्वीट गर्दा समेत दंग पर्ने नेपालीहरु श्रृंगलाले नेपाली बोल्दा दंग नपर्ने सवालै छैन । विदेश सचिवका रुपमा पहिलोपटक काठमाडौं आएका श्रृंगलाले विगतमा पनि काठमाडौं आएको सुनाए । हिमालप्रेमी उनी सगरमाथाको बेस क्याम्पसमेत पुगेका छन् । शुक्रबार उनी गोरखा पुग्दैछन् ।

नेपालीहरु आफ्नो भाषा र संस्कृतिको माया र जर्गेना गर्छन् । यो तथ्य बुझेर होला विदेशी राजदूत देखि नेताहरुसम्म नेपालमा आउँदा या रहँदा नेपाली भाषा बोल्छन् । विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा शुरुमा बोल्दा नेपाली भाषामा बोलेका थिए । यसबाट उनको नेपालीमाझ लोकप्रीयता बढेको थियो । कुटनीतिमा अर्को देशको भाषा बोलेर समेत जनतामाझ मन जित्ने तरिका अपनाइन्छ । पछिल्लो समय नेपालमा रहेका कुटनीतिज्ञले पनि त्यही गर्न थालेका छन् ।

अर्को हेक्का राख्नुपर्ने विषय भारत र चीनका उच्च अधिकारीको लगातारको नेपाल भ्रमणको विषय पनि छ । भारतमा विदेश सचिव फर्किएको भोलिपल्ट चीनबाट रक्षामन्त्री आउने अनि बँगलादेश र पाकिस्तानको भ्रमणमा जाने । यो संयोगमात्र होला तर पछिल्लो समय सैन्य र कुटनीतिक तहबाट भारत र चीनबीच प्रभाव बनाउने प्रतिष्पर्धा चलेको छ । केही समय भारतले नेपालसँग उच्च कुटनीतिक तथा राजनीतिक तहमा संवाद नै बन्द गरेको थियो । तर, उसैले फेरि शुरु गरेको थियो । भारतले रअका प्रमुख सामन्त गोयललाई काठमाडौं पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण कुराकानीलाई अगाडि बढायो । लगत्तै सेनाप्रमुख मनोज मुकुन्द नरवाणे आए ।

गुप्तचर प्रमुख र सेना प्रमुखको लगातारको भ्रमणलाई भारतले नेपाल मामलामा सैन्य कुटनीतिलाई बढावा दिएको अर्थमा बुझ्न सकिन्छ । हुनपनि सैन्य तहमा कुराकानीपछि नेपालमा भारतले बिग्रिएको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन केही सफलता हासिल गरेको विश्लेषण दिल्लीमा हुनथालेको छ । राजनीतिक तहमा भन्दा सैन्य तहमा छलफल भारतले बढाएको छ । भारतको यही रणनीतिका कारण चीनले पनि रणनीति बदलेको छ । चीनका विदेशमन्त्री नेपाल आउने भनिएकोमा अचानक रक्षामन्त्री आउने भएका छन् ।

भारतका विदेश सचिव श्रृंगला आज नेपाल भ्रमणमा आएका छन् । उनी भोलि फर्कनेछन् । उनी फर्किएपछि शनिबार चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् । उनले महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ । यसरी उत्तर र दक्षिणबीच नेपालमा प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको छ । भारत अमेरिकासँगको महत्वपूर्ण सैन्य सम्झौतापछि उत्साही छ । चीनको प्रभाव र चुनौती बढेको भन्दै अमेरिकाले भारतसहित जापान र अष्ट्रेलियासँग छलफल गरी क्वाड समूहलाई सक्रिय पारेको छ । यी देशले संयुक्त सैन्य अभ्यास समेत गरेका छन् । उनीहरुको उद्देश्य चीनको प्रभावलाई रोक्न र एशिया प्यासिफिक क्षेत्रमा प्रभाव बढाउने रहेको छ । यो रणनीतिलगत्तै भारतले छिमेकमा सक्रियता बढाएको छ । सैन्य तहमै संवादहरु बढाएको छ ।

अमेरिका र भारत मिलेर सैन्य गतिविधि बढाउन थालेपछि चीनले पनि सक्रियता बढाएको छ । चिनियाँ रक्षामन्त्री नेपालबाट पाकिस्तान र बँगलादेश जाने तय हुनु अर्थपूर्ण छ । नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वाङ्ग यी स्टेट काउन्सिलर पनि हुन् । उनी चीनको मन्त्रिपरिषदका पाँचजना स्टेट काउन्सलरमध्ये एक हुन् । भारतले विदेश सचिव पठाउन लाग्दा चीनले रक्षामन्त्री नै पठाउँदैछ । यी दुईको भ्रमणलाई निकै चासो दिइएको छ ।

नरवणे अघि भारतको गुप्तचर निकाय रअका प्रमुख सीमान्त गोयल नेपाल आएका थिए । उनी एक रात नेपाल बसेका थिए । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका थिए । प्रोटोकल मिचेर प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको भन्दै उनकै दल नेकपाभित्र आलोचना भएको थियो । पछिल्लो समय विकास भएका यी घटनाले नेपालमा छिमेकीको प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको छर्लंङ्ग भएको छ । कुनैबेला नेपाली नेताहरु दिल्ली र बेइजिङको दौडमा जाने गरेकोमा अहिले यी देशहरुबाट उच्च अधिकारीहरुको लगातारको भ्रमण अर्थपूर्ण छ । नेपालमा प्रभाव बढाउने रणनीतिक प्रतिष्र्धामा भारत र चीन निकै अगाडि बढेको स्पष्ट हुँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी
१६ वटा सञ्चारमाध्यम ‘अवज्ञाकारी’को सूचिमा
१६ वटा सञ्चारमाध्यम ‘अवज्ञाकारी’को सूचिमा
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

तपाईंले छुटाउनुभयो कि?