यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू

सारांश

  • काठमाडाै, १४ असार ।
  • सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा हुने गरी सफल रहेको निष्कर्ष निकालेको हो।

काठमाडाै, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा हुने गरी सफल रहेको निष्कर्ष निकालेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष मन्त्रिपरिषदले निकालेको जानकारी दिए।

त्यस्तै बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति पनि प्रदान गरेको छ।

मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ। यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए।

त्यसैगरी बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि बैठकले स्वीकृत गरेको छ।

त्यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?