संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी

सारांश

  • काठमाडौँ, कात्तिक २४ गते ।
  •   रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ ।
  •   तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

काठमाडौँ, कात्तिक २४ गते ।  रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ ।  तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।  तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापतिसमेत गरी सात जनाले सवारीसाधन अझै फिर्ता नगर्नुभएको संसद् सचिवालयले जानकारी दिएको छ ।
कानुनतः पदबाट मुक्त भएको सात दिनभित्र सवारी फिर्ता गर्नुपर्छ ।  व्यवहारमा संसद् सचिवालयले १५ दिनसम्म समय दिँदै आएको छ ।  सचिवालयले सवारी फिर्ताका लागि विशिष्ट व्यक्तिको ध्यानाकर्षण पनि गराइसकेको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले सुविधाका सवारीमध्ये धेरै फिर्ता भइसकेको र केही फिर्ता हुन बाँकी रहेको बताउनुभयो ।  गौतमले भन्नुभयो, “केही सवारी फिर्ता हुन बाँकी छन् ।  हामीले व्यावहारिकताका आधारमा १५ दिनसम्म समय दिएका छौँ ।  सवारी फिर्ताका लागि ध्यानाकर्षण पनि गरेका छौँ ।  पूर्वपदाधिकारीका हैसियतले उहाँहरूले पाउने बाहेकका अन्य सुविधा फिर्ता गर्नुपर्छ । ” उपसभामुख गङ्गाप्रसाद यादवले पनि गाडी फिर्ता गर्नुभएको छैन ।  उहाँको सचिवालयले प्रयोगमा ल्याएका गाडी भने फिर्ता भइसकेका छन् ।
सवारी फिर्ता नगर्नेमा तत्कालीन सभामुख ओनसरी घर्ती पनि हुनुहुन्छ ।  सभामुखको पदीय हैसियतामा पाएको झन्डावाल गाडीसमेत उहाँले फिर्ता गर्नुभएको छैन ।  घर्ती नेकपा (माओवादी केन्द्र) र यादव एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बन्नुभएको छ । काँग्रेसका तर्फबाट संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति सभापति रहनुभएका भीष्मराज आङ्देम्बेले पनि गाडी फिर्ता गर्नुभएको छैन ।  आङ्देम्बे प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट उम्मेदवार हुनुहुन्छ ।
संसद्को कार्यकाल सकिएसँगै चुनावमा केन्द्रित हुनुभएका पूर्वपदाधिकारीहरूले गाडी फिर्ताका लागि चासो नदेखाउनुभएको हो ।  गाडी फिर्ता नगर्नेमा हाल आपूर्ति राज्यमन्त्रीसमेत रहनुभएका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति सभापति सुशीलकुमार श्रेष्ठ पनि हुनुहुन्छ ।
श्रेष्ठ तत्कालीन राप्रपाका तर्फबाट सभापति हुनुहुन्थ्यो ।  राप्रपाकै संसदीय दलकी सचेतक कुन्तीकुमारी शाहीले पनि गाडी फिर्ता गर्नुभएको छैन ।  शाही हाल सहरी विकास राज्यमन्त्रीसमेत हुनुहुन्छ ।
माओवादी केन्द्रकी सचेतक सीता नेपालीले पनि गाडी फिर्ता गर्नुभएको छैन ।  सचेतकको हैसियतमा उहाँले सचिवालयको सुविधा पाउनुभएको हो ।  उहाँ माओवादीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार हुनुहुन्छ ।
यस्तै नेपाल लोकतान्त्रिक फोरममा प्रमुख सचेतक योगेन्द्र चौधरीले पनि गाडी फिर्ता गर्नुभएको छै ।  चौधरीको पार्टी संसद्को कार्यकाल सकिएसँगै काँग्रेसमा विलय भइसकेको छ ।
संसदीय सुनुवाइ समितिका तत्कालीन सभापति कुलबहादुर गुरुङ, विकास समिति सभापति रवीन्द्र अधिकारी, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव लगायतले तोकिएकै समयमा सवारी फिर्ता गर्नुभएको थियो ।  अन्य पदाधिकारीले पनि सवारी केही ढिला गरी फिर्ता गरे पनि सभामुख, उपसभामुखकै सवारी भने फिर्ता भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
बागमती प्रदेशको बैठक सुरु
बागमती प्रदेशको बैठक सुरु
चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)

तपाईंले छुटाउनुभयो कि?