भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द

सारांश

  • सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
  • कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
  • यसबारे सरकारले केहीबेरमै औपचारिक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिने तयारी गरेको छ ।

सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यसबारे सरकारले केहीबेरमै औपचारिक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा चार घण्टा छलफल भएको थियो । त्यस्तै, बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित अन्य निर्णयहरुसमेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?