यसरि पुरा गरे प्रचण्डले बाचा !
सारांश
- चितवन, ४ जेठ ।
- चितवनमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बजेट रकमान्तर गरि आठ करोड रुपैयाँका नयाँ योजना भित्रिएको छ ।
- चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा शुक्रबार( आजै) मात्र अर्थमन्त्रालयबाट सो बजेट स्वीकृत प्राप्त भएको चितवन क्षेत्र नं३ अन्तरगत प्रचण्डको स्वकिय सचिव निशा न्यौपानेले जानकारी दिईन् ।
चितवन, ४ जेठ । चितवनमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बजेट रकमान्तर गरि आठ करोड रुपैयाँका नयाँ योजना भित्रिएको छ ।
चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा शुक्रबार( आजै) मात्र अर्थमन्त्रालयबाट सो बजेट स्वीकृत प्राप्त भएको चितवन क्षेत्र नं३ अन्तरगत प्रचण्डको स्वकिय सचिव निशा न्यौपानेले जानकारी दिईन् ।
लामो समय देखि समस्या ग्रस्त रहेको भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणका लागि भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयको बजेट रकमान्तर गरी वजेट परेको उनले बताईन् ।
अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत मनोज रेग्मीले दिएको जानकारी अनुसार सो बजेट यसै आर्थिक बर्षको असार भित्र सक्ने गरि स्वीकृत गरिएको हो ।
साथै जिल्ला अन्य धेरै विकास योजनाहरु सिफारिस गरेको बताउदै सचिव न्यौपानेले वैदेशिक साझेदारी अन्तरगतको बहुवर्षिय आयोजनाका लागि रकम विनियोजन गरिएको र १७ करोड रकम आउने निश्चित भएको समेत जानकारी गराईन् ।
प्रचण्डले गुञ्जनगर माविको स्वर्ण महोत्सवको उद्धघाटन गर्दै भरतपुर–रामपुर–चनौली सडक खण्ड धुलै धुलो भएको भन्दै आफुले छिटै बजेट पर्ने प्रतिवद्धा व्यक्त गरेका थिए ।
प्रतिक्रिया