प्रहरीसँग ‘सेटिङ’ मिलिसकेको भन्दै म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरीसँग  ‘सेटिङ’ मिलिसकेको भन्दै  म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • म्यानपावर व्यवसायीले सरकार र श्रम मन्त्रीलाई चुनौती दिएका छन् ।
  • म्यानपावर सञ्चालकले वैदेशिक रोजगार सम्बन्धमा कुनै पनि नीतिगत निर्णय गर्दा श्रम मन्त्रीले म्यानपावर व्यवसायीसँग छलफल नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

काठमाडौं, २९ जेठ । म्यानपावर व्यवसायीले सरकार र श्रम मन्त्रीलाई चुनौती दिएका छन् ।

म्यानपावर सञ्चालकले वैदेशिक रोजगार सम्बन्धमा कुनै पनि नीतिगत निर्णय गर्दा श्रम मन्त्रीले म्यानपावर व्यवसायीसँग छलफल नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

काठमाडौंको सामाखुसीस्थित एक पार्टी प्यालेसमा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै म्यानपावर व्यवसायीले सरकारको आलोचना गरेका छन् ।

समितिका अध्यक्ष हरिबहादुर पाण्डेले नेपाल प्रहरीसँग आफ्नो ‘सेटिङ’ मिलिसकेको भन्दै म्यानपावर कम्पनीमा प्रहरीले छापा हान्न नसक्ने बताए । उनले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरेका थिए । वैदेशिक रोजगारका लागि गन्तव्य देशमा रहेको दूतावासले ‘कामदार माग गर्ने कम्पनीको अवस्था बुझेर मात्र माग प्रमाणीकरण गर्नुपर्ने’ प्रावधान आफ्नोविरुद्ध रहेको उनले बताए । दूतावासका कर्मचारी भ्रष्ट रहेको र महिनौंसम्म माग प्रमाणीकरणको फाइल सदर नगरिदिने आशंका रहेको पाण्डेको भनाइ छ ।

पाण्डे भन्छन्, ‘विभिन्न देशमा रहेका म्यानपावर दलालले स्वच्छ व्यवसाय गर्ने म्यानपावर व्यवसायीलाई फसाएका छन् र सरकारले तिनै दलालको पक्षपोषण गरिरहेको छ ।’ कालोधनलाई सेतो बनाउने काममा सरकार नै रहेको पाण्डेको आरोप छ । मलेसिया जाने कामदारको लागि ‘भीएलएन र बायोमेट्रिक’ नामको सिण्डिकेट तोड्दा सरकारले व्यवसायीसँग कुनै छलफल नगरेको कार्यक्रमका अधिकांश वक्ताले गुनासो गरेका छन् ।

अन्तक्र्रिया कार्यक्रममा ‘मागपत्र प्रमाणीकरण र सरलीकरण, सरकारले म्यानपावर व्यवसायीसँग माग गरेको भनिएको धरौटी, म्यानपावर कम्पनीको सेवा सुविधा, वैदेशिक रोजगार ऐन २०६४ को संशोधन र मलेसियामा कामदार जान रोकिएको’ विषयमा छलफल गर्ने भनेर म्यानपावर व्यवसायीलाई सहभागी गरिएको भएपनि प्रायःजसो व्यवसायीले सरकार र श्रम मन्त्रीको आलोचनाबाहेक केही गरेनन् ।

अन्तक्र्रिया कार्यक्रममा व्यवसायीले श्रममन्त्री एनजिओ र आइएनजिओको प्रभावमा परेर म्यानपावर व्यवसायीलाई पलायन गराउन खोजेको आरोप लगाएका छन् । ‘यदि यस्तो भयो भने हामीले पनि हातमा दही जमाएर बसेका छैनौं,’ एक व्यवसायीले आक्रोश पोखे ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Bhim Kc

    अब एस्ता धम्कीले हुनेवाला केही छैन। नेपाल मा सरकार कस्को चली राको छ?

    Comment Author

    Mongolian Thule

    कुन प्रहरी हो उसको पनि नाम खुलाउनु पर्यो।।।

    Comment Author

    Ram Bali Das

    Jo chor uskai thulo sor…

    Comment Author

    Bhakta Bdr Sodari

    Police kasko Matahat Ma Rahixa Teyo ni Taha Xaina ki ? Aastalai Jhanai Karbahi Hunxa .

    Comment Author

    Ganesh Gurung

    प्रहरी सँग सेटिङ गरे बापत प्रहरीलाई कति पैसा घुस दिनु भयो ? त्यो पनि खुलाउनु भयो भने मेनपावर ब्यबसायको छवि अझ राम्रो हुन्थ्यो होला ।

    Comment Author

    Ramchandra Ranabhat

    प्रहरी सम seting bhndha chyap samatira जेल न हलिर कि हैरिको

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?