भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
  • २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भने ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् । २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भने । प्रधानमन्त्रीले भने, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।”

भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न प्रधानमन्त्रीले आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘‘आउनुस, त्यसका लागि हामी सबैले सङ्कल्प गरौँ । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात गरौँ ।”

प्रधानमन्त्रीले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले यसबारे अध्ययन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘‘अब हामीले विस्तारै देशैभरिका निजी आवास र सरकारी संरचनाको बीमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको यहाँ जानकारी गराउँछु ।”

सो अवसरमा प्रधानमन्त्रीले ‘जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने स्पष्ट पारेका छन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले २०७२ वैशाख १२ को भूकम्पले पु-याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको जनाउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?
कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
ल्यारक्याल लामालाई मातृ शोक
ल्यारक्याल लामालाई मातृ शोक
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने

तपाईंले छुटाउनुभयो कि?