माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
३० पटक हेरिएको
Shares
माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी

सारांश

  • काठमाडौं, असोज १९ – सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले एकाएक विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ ।
  • बुधबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका कांग्रेसका प्रभावशाली नेताहरुले माओवादीलाई सरकारबाट हटाउन सुझाव दिएका थिए ।
  • बुधबार कांग्रेस कार्य सम्पादन समितिको बैठकपछि नेता अर्जुननरसिंह केसीले माओवादी मन्त्रीलाई छाड्न सुझाव दिनुभएको थियो ।

काठमाडौं, असोज १९ – सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले एकाएक विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ ।

बुधबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका कांग्रेसका प्रभावशाली नेताहरुले माओवादीलाई सरकारबाट हटाउन सुझाव दिएका थिए ।

बुधबार कांग्रेस कार्य सम्पादन समितिको बैठकपछि नेता अर्जुननरसिंह केसीले माओवादी मन्त्रीलाई छाड्न सुझाव दिनुभएको थियो । केसीले पत्रकारहरुसँग भन्नुभएको थियो, ‘माओवादीका मन्त्रीहरु सरकारमा बसिरहनु नैतिक रुपमा उपयुक्त होइन । मेरो त सुझाव छ उहाँहरुले राजीनामा दिँदा नै राम्रो होला ।’

बुधबार बेलुका नै बसेको कांग्रेससहित ६ दलको प्रधानमन्त्रीमा देउवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएसँगै देउवाले माओवादीका मन्त्रीलाई सरकारबाट बिदाइ गर्ने तयारी गर्नुुभएको स्रोतको भनाइ छ । देउवा सरकारमा माओवादीबाट एक जना उपप्रधानमन्त्री, सात जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी छन् ।

कांग्रेस, राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाल फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेलसँगै सरकारलाई निरन्तार दिने प्रतिबद्धता जनाएका छन् । ६ दलको बैठकपछि कांग्रेस नेता निधिले भन्नुभयो, ‘तोकिएको मितिमा चुनाव यही सरकारले गराउँछ । अहिले पनि हामीसँग ३ सय २ बहुमत रहेकाले सरकार सुरक्षित छ ।’

संसदमा कांग्रेसका २०७, राजपाका २४, राप्रपा र राप्रपा प्रजातान्त्रिकका ३७, नेपाल फोरम लोकतान्त्रिकका १७, संघीय फोरमका १५ सहित तीन सय ३ जना सांसद छन् । सरकार कायम राख्न संसदमा हाल कायम रहेको पाँच सय ९२ को बहुमत दुई सय ९७ भए पुग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च
सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
एसइई नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
एसइई नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा

तपाईंले छुटाउनुभयो कि?