भोलिबाट लाइसेन्स बितरण
सारांश
- काठमाडौं, १६ मंसिर ।
- यातायात व्यवस्था विभागले छापिएका १ लाख १२ हजार लाइसेन्स भोलिबाट वितरण गर्ने जनाएको छ ।
- ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएपनि दुई महिनामा एक लाख १२ हजार थान लाइसेन्स मात्रै छपाइ भएको विभागले जनाएको छ ।
काठमाडौं, १६ मंसिर । यातायात व्यवस्था विभागले छापिएका १ लाख १२ हजार लाइसेन्स भोलिबाट वितरण गर्ने जनाएको छ । ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएपनि दुई महिनामा एक लाख १२ हजार थान लाइसेन्स मात्रै छपाइ भएको विभागले जनाएको छ ।
हाल दैनिक आठदेखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ । लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा ढिलाइ भएको प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिनुभयो ।
अबदेखि हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया