जनताले विकास गर्ने पार्टी काँग्रेसलाई रोज्ने छन् : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जनताले विकास गर्ने पार्टी काँग्रेसलाई रोज्ने छन् : प्रधानमन्त्री

सारांश

  • धनगढी, ३० कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गर्नुभएको छ ।
  • नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गर्नुभयो ।
  • उहाँले जनता प्रजातन्त्र र विकास चाहने भएकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी काँगे्रेसलाई निर्वाचनमा रोज्ने उल्लेख गर्नुभयो ।

धनगढी, ३० कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गर्नुभयो ।

उहाँले जनता प्रजातन्त्र र विकास चाहने भएकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी काँगे्रेसलाई निर्वाचनमा रोज्ने उल्लेख गर्नुभयो ।

पत्रकारको एक प्रश्नको जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, “देश डर त्रासबाट मुक्त समाज भइरहेका बेला बनाइएको वाम गठबन्धनबाट डर त्रासको शासन आउने, कम्युनिस्ट अधिनायकवाद र तानाशाही आउँछ कि भनेर जनता डराएका छन् ।”

उहाँले आफ्नो भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने सहमति भइसकेको, गौरी फण्टा नाकाको स्तरोन्नति गर्ने, पश्चिम सेती जल विद्युत् परियोजनाको निर्माण गर्न प्रक्रियाको पहल थालिएको र उत्तरतर्फ चीनको नाका ताक्लाकोटसम्मको बाटो निर्माणकार्य भइरहेको बताउनुभयो ।

अर्को एक प्रश्नमा देउवाले भन्नुभयो, “काँग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन् ।

विपक्षी नेताहरुले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै देउवाले भन्नुभयो, “उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको छ ।”

सभापति देउवाले अहिलेको बेला पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताउनुभयो । उहाँले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    k bikas gares mantre banaies 64 naya record banais choor dalal ab patta saf hudai x tero

    Comment Author

    Suraj Silwal

    Kako janatale rojna khoje?nepalma ta 60%bhandaa badhi cmlist haru chhan.sapana dekhdaichhanki kya ho eni.

    Comment Author

    जे.पि. शर्मा कडरिया

    हैन यत्रो बिकास भाकोछ अब अझै कति बिकास गर्ने बिचार छ।पूग्यो अब ज्यादा भैसक्यो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?