त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
२९ पटक हेरिएको
Shares
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

सारांश

  • काठमडौं ।
  • त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।
  • परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँस्कोटाले बताए ।

काठमडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।

परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँस्कोटाले बताए ।

‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।” मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।

हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा
रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?