भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भएको उल्लेख गरिन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भएको उल्लेख गरिन् ।

“विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ” राष्ट्रपतिको भनाइ छ ।

सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने औँल्याउँदै राष्ट्रपतिले भनिन्, “नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।”

भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताउँदै गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने उल्लेख थियो ।

राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने बताइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

तपाईंले छुटाउनुभयो कि?