आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २३ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २३ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९ पैसा र बिक्री दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १६४ रुपैयाँ २५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?