माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
सारांश
- काठमाडौं ।
- माछापुच्छे« बैंकले खेलकुद क्षेत्रका खेलाडीहरुलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ ।
- शुक्रबार पत्रकार सम्मेलन मार्फत धाविका मिरा राई, महिला गल्फर प्रतिमा शेर्पा र उदयीमान टेनिस खेलाडी आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्बेसडरमा रुपमा नियुक्त गरेको हो ।
काठमाडौं ।माछापुच्छे« बैंकले खेलकुद क्षेत्रका खेलाडीहरुलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत धाविका मिरा राई, महिला गल्फर प्रतिमा शेर्पा र उदयीमान टेनिस खेलाडी आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्बेसडरमा रुपमा नियुक्त गरेको हो ।
खेलकुदले समग्र देशको प्रतिनिधित्व गर्ने भएकाले खेल क्षेत्र कै खेलाडीलाई एम्वासडरका रुपमा अनुबन्ध गरेको बैंकले जनाएको छ । मिरा राई एड्भेन्चर अफ द ईयर को उपाधी जित्न सफल धाविका हुन । प्रतिमा शेर्पा नेपालको एक नम्वर गल्फर हुृन ् भने १३ वर्षिय आर्यन गिरी उदयीमान टेनिस खेलाडी हुन् ।
बैकको हिमाल देखि पहाड र तराईसम्म आफना ८६ वटा शाखाहरु २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १३ स्थानबाट बैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया