प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
सारांश
- भोटेकोशी डाँडागाउँका ङठिलेन शेर्पा प्रहरीको गिरफ्तारपछि भिरबाट खसेर गम्भिर घाइते भएका छन् ।
- शेर्पा घाइते भएपछि उनलाई परिवारले उपचारका लागि काठमाडौँ ल्याएको थियो ।
- प्रहरीले शेर्पालाई गिरफ्तार गरेर सिन्धुपाल्चोक सीमा प्रहरी कार्यालय दश किलातर्फ ल्याउँदै गरेको अवस्थामा उनी भीरबाट खसेर घाइते भएका थिए ।
भोटेकोशी डाँडागाउँका ङठिलेन शेर्पा प्रहरीको गिरफ्तारपछि भिरबाट खसेर गम्भिर घाइते भएका छन् । शेर्पा घाइते भएपछि उनलाई परिवारले उपचारका लागि काठमाडौँ ल्याएको थियो । प्रहरीले शेर्पालाई गिरफ्तार गरेर सिन्धुपाल्चोक सीमा प्रहरी कार्यालय दश किलातर्फ ल्याउँदै गरेको अवस्थामा उनी भीरबाट खसेर घाइते भएका थिए । काठमाडौँको महारागञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको शेर्पाको अप्रेशन गरिएको छ ।
शेर्पाको टाँउकोमा गहिरो चोट लागेको अस्पताल स्रोतले जनाएको छ । उनको दाहिने पाखुरासमेत भाँचिएको छ । अहिले उनी महाराजगंज शिक्षण अस्पतालको आइसियुमा उपचारत छन् । उनकै दिदी भिनाजुले उनको उपचार गरिरहेका छन् ।
घटना विवरणअनुसार अविवाहित शेर्पाको गाँउकै श्रेष्ठ परिवारका अन्दाजी ३८ वर्षीय विवाहितमकाब महिलासँगको प्रेम सम्बन्ध थियो । विवाहपछि माइती घरमा बस्दै आएकी श्रेष्ठलाई शेर्पाले दिदी भिनाजुको घर बोक्चेनमा भगाएर ल्याएका थिए । दिदी भिनाजुको घरमा आउनै नपाइ उनी प्रहरीको गिरफ्तारीमा परेको पारिवारिक स्रोतले दाबी गरेको छ ।
शेर्पालाई श्रेष्ठका परिवारका सदस्यहरुले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ । जाहेरीपछि शेर्पालाई बोक्चेनबाट सिन्धुपाल्चोक नामथाङग प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्दै सिमा प्रहरी कार्यालय दशकिलो ल्याउदै गर्दा शेर्पा प्रहरीकै घेराबाट अन्दाजी ३० किलो मिटर जति भिरबाट खसेको बताइएको छ ।
प्रहरीले शेर्पा घाइते भएपछि श्रेष्ठलाई माइतीको जिम्मा लगाएका थिए भने, शेर्पालाई पनि उपचार गराउन अस्पताल लैजानुपर्ने बिरामीलाई दिदी भिनाजुको जिम्मा लगाए । दिदी भिनाजुले केही आफन्तहरुको सहयोगमा शेर्पालाई काठमाडौ शिक्षण अस्पतालमा ल्याएर उपचार गराउदै छन् तर शेर्पा भने अचेत छन् । प्रहरीले पक्राउ गरेर कार्यालयतर्फ ल्याउदै गर्दा भिरबाट खसेका शेर्पालाई उपचार गराउनुको सट्टा उनलाई परिवारको जिम्मा लगाइएको हो ।
अहिले शेर्पा शिक्षण अस्पतालको बेडमा जिवन मरणको दोसाधमा रहँदासमेत प्रहरी र जाहेरी कर्ताहरु बेखबर छन् । रगतले लतपतिएका शेर्पालाई औषधी उपचार गराउनु भन्दा पनि प्रहरीले शेर्पालाई नाटक गरेको जस्ता शब्द प्रयोग गर्दै पानी छ्याप्ने काम गरेर अमानवीय व्यवहार गरेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।
सामान्य दुर्घटना भएको मानिसलाई समेत प्रहरीले अस्पतालमा उपचार गराउन लैजानुपर्नेमा प्रहरीकै सामु भीरबाट खसेका व्यक्तिको उपचार गर्नुको सट्टा प्रहरी उम्कन खोजेको आरोप शेर्पा पक्षले लगाएको छ ।
प्रहरी प्रशासनले भने उनलाई कुनै अमानवीय व्यवहार नगरिएको बताएको छ । यसै सम्बन्धमा सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी भन्छन् “घटना घटेको सत्य हो । मानिस अपहरण परेको जाहेरी प्रहरीमा आएपछि मानिस खोजी गरेर प्रहरी कार्यालयमा ल्याउदै गर्दा मानिस ढलेर भिरतिर खसेको हो । उ छारे रोगको विरामी भएका कारण ढलेको हो । उनलाई प्रहरीले कुनै पनि अमानवीय व्यवहार गरको छैन । प्रहरीले हराएको मानिस खोज्यो भेटाएपछि आ–आफ्ना परिवारका मानिसलाई जिम्मा लगाएको हो । यसमा प्रहरीको कुनै दोष छैन ।”
प्रतिक्रिया