मंसीर ३ देखि राष्ट्रिय परिचयपत्र दिइने
सारांश
- लामोसमयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र आगामी महिनादेखि प्रदान गरिने भएको छ ।
- आगामी मंसीर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र पहिलोपटक पाँचथरबाट वितरण गरिने भएको छ ।
- गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।
लामोसमयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र आगामी महिनादेखि प्रदान गरिने भएको छ । आगामी मंसीर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र पहिलोपटक पाँचथरबाट वितरण गरिने भएको छ ।
गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए । जिल्लाका सरोकारवालासँगको छलफल र तयारी पछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनको भनाई छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए ।
पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए । सरकारले आगामी तीन वर्ष्भित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ ।
प्रतिक्रिया