संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३० पटक हेरिएको
Shares
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड

सारांश

  • गण्डकी ।
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
  • सशस्त्र प्रहरी जवान आधारभूत तालिम सी.

गण्डकी । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिम सी.सं.२३५(घ) र (ङ) सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गरे ।

तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अतिरिक्त महानिरीक्षक पौडेलले तन, मन र वचनका साथ नागरिकको सेवा र सुरक्षामा लाग्न सुझाव दिए । अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्र अवसर र चुनौतीको सङ्गम स्थल भएको धारणा पनि व्यक्त गरे ।

कूल एक सय ५१ जना दीक्षित भएको उक्त समारोहमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिनाका साथै कवाजलगायत विभिन्न प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?