मकवानपुर र गोरखामा सालकको सर्वेक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण

सारांश

  • रत्ननगर, चितवन, २५ फागुन, राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।
  • मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो ।
  • यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिनुभयो ।

रत्ननगर, चितवन, २५ फागुन, राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।

मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिनुभयो । गोरखामा भने मिरकोट सामुदायिक वनमा सर्वेक्षण थालिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्भेक्षण शुरु गरेको हो । प्रदेश नं ३ का वन सचिव तथा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले सालक पाइने प्वालमा क्यामेरा जडान गरी सो रानीवन सामुदायिक वनमा बिहीबार सर्वेक्षणको उद्घाटन गर्नुभएको थियो ।

वाग्लेले विश्वमै दुर्लभ भएकाले नेपाल सरकारले यो प्रजातिलाई संरक्षित सूचीमा राखेको र यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी जिल्ला वन कार्यालय मकवानपुरका वन अधिकृत प्रल्हाद धितालले सालक संरक्षणका लागि जिल्ला वन कार्यालय समुदाय तथा साझेदार संस्थासँग मिलेर अगाडि बढ्ने बताउनुभयो ।

न्युरेनी, चुच्चेखोला र अशोक सामुदायिक वन गरी मकवानपुरका चारवटा सामुदायिक वनमा अत्याधुनिक खालका ३० वटा क्यामरा राखेर क्यामेरा ट्रयापिङ विधिबाट सर्भे शुरु भएको हो ।

सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले यहाँ विगत १२ वर्षदेखि सालकको संरक्षण गर्दै आएको बताउनुभयो । प्राप्त तथ्यांकले सालकको यथार्थ अवस्था पत्ता लाग्ने उहाँको विश्वास छ ।

लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ वटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्छ ।

अध्ययनले कस्तो प्रकृतिको माटोमा बस्छ, कुन दुलो सालकको हो, सालक र अन्य जनावरको दुलोमा के फरक छ र यसको बढी बासस्थान कहाँ रहेछ भनेर यकिन हुने कोषका संरक्षण अधिकृत भट्टराई बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
केशव स्थापित को हुन् ?
केशव स्थापित को हुन् ?
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त
पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त

तपाईंले छुटाउनुभयो कि?