एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
१८ पटक हेरिएको
Shares
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ।
  • एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरि तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

काठमाडौं। नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ।

एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरि तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उनले बताए।

नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने लगायतका विषय कार्ययोजनामा रहेको उनले बताए।

बैठकले सदस्यता नवीकरण, विस्तार र अभिलेखिकरण गर्ने, नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने) जनाएको छ।

त्यस्तै अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने पनि पोखरेलले बताए।

कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने कार्ययोजना पनि ल्याएको छ ।

त्यस्तै, जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने, पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने र केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?