मतदाता भन्छन्–यस पटक मत सदुप्रयोग होस्

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२१० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३१ वैशाख ।
  • काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ ।
  • स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उहाँ राख्नुहुन्छ ।

काठमाडौँ, ३१ वैशाख । काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ ।

स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उहाँ राख्नुहुन्छ । बबरमहलस्थित नेपाल टेलिकमको मतदान केन्द्रमा मतदान गर्नुभएकी उहाँ आफूले हालेको मतको सदुपयोग होस् भन्न चाहनुहुन्छ । ‘‘यसअघि पनि स्थानीय निकायमा मतदान गरेको थिएँ’’उहाँ भन्नुहुन्छ, ‘‘तर त्यति बेला सुदपयोग भएन तर अब भने जननिर्वाचित प्रतिनिधिले जनादेश सदुपयोग गरेर विकास निर्माणमा ध्यान दिनुपर्छ ।’’

यस्तै पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गर्नुभएका बुद्धनगरका राजन बुर्लाकोटी पनि आफूले हालेको मत सदुपयोग हुने होस् भन्न चाहानुहुन्छ । स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले जनप्रतिनिधिले यहाँको विकासनिर्माण गर्नुपर्ने बताउँछन । उहाँले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने परिदृश्यका रुपमा समेत रहेको औल्याउँदै राजनीतिक दलले २० वर्ष नभई प्रत्येक पाँच पाँच वर्षमा स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैगरी ८५ वर्षीय भक्तबहादुर महर्जन स्थानीय निर्वाचनमा दलभन्दा पनि स्थानीय विकास गर्ने व्यक्तिलाई मतदान गरिएको बताउनुहुन्छ । ‘‘स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति हेर्ने हो’’, उहाँले भन्नुभयो, ‘‘त्यसले टोलको विकास गर्नसक्ने व्यक्तिलाई भोट दिएँ ।’’
उहाँ यसअघि मतदान गरे पनि जनप्रतिनिधिले भनेजस्तो सदुपयोग गर्न नसकेको भन्दै यस पटक भने आफूले हालेको मत सदुपयोग हुनेमा आशावादी हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
एकै ठाउँमा जनतालाई सेवा प्रदान
एकै ठाउँमा जनतालाई सेवा प्रदान
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन….
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन….
आजको राशिफल 
आजको राशिफल 
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

तपाईंले छुटाउनुभयो कि?