अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।
  • उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिलाई व्यवस्थित बास, सुरक्षा, अन्य प्रवन्ध मिलाउन निर्देशन दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिलाई व्यवस्थित बास, सुरक्षा, अन्य प्रवन्ध मिलाउन निर्देशन दिए । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीबारे जानकारी गराए ।

प्रधानमन्त्री ओलीले केही तत्वले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए । अस्थिरता मच्चाउनेलाई नछोडिने बताए । “गणतन्त्र आएको छ, संघीयता आएको छ, आवधिक चुनाव भएको छ” प्रधानमन्त्री ओलीले भने, “अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?