रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री

सारांश

  • सुर्खेत ।
  • गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका  छन्।
  • मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताएका हुन्।

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका  छन्।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताएका हुन्।

उनले सबैको मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरे। न्यायिक प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको अभिव्यक्ति दिएका छन्। प्रचण्डले लामिछानेमाथि गरेको प्रहरीको ज्यादति रोकिनुपर्ने बताएका  छन्।

लामिछानेले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै मानवअधिकार आयोगलाई गुहारेका छन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा चितवन पुर्‍याइएका लामिछानेले प्रहरीले आफूमाथि ज्यादति गरेको आरोप लगाएका छन्।

उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राखे। गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढिरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?