रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२७ पटक हेरिएको
Shares
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा

सारांश

  • काठमाडौं ।
  • लगातार ११ एकदिवसीय खेल हारेको पाकिस्तानले सोमबार आईसीसी विश्व कप क्रिकेटमा आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै जितको लयमा फर्केको छ ।
  • ट्रेन्टब्रिजमा पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ९ विकेटमा ३३४ रनमात्र बनाउन सक्यो ।

काठमाडौं । लगातार ११ एकदिवसीय खेल हारेको पाकिस्तानले सोमबार आईसीसी विश्व कप क्रिकेटमा आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै जितको लयमा फर्केको छ ।

ट्रेन्टब्रिजमा पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ९ विकेटमा ३३४ रनमात्र बनाउन सक्यो । पछिल्ला ११ एकदिवसीय म्याच हारेको पाकिस्तानले १२ औं खेलमा १४ रनको जित निकाल्यो ।

पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै ८ विकेटमा ३४८ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि जोय रुट र जोस बटलरले शतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रुटले १०७ र बटलरले १०३ रन बनाए । तर, अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न नसक्दा पाकिस्तानले जारी विश्व कपको दोस्रो खेलमा पहिलो जित हात पार्यो । उसले पहिलो खेल वेष्टइण्डिजसँग गुमाएको थियो ।

उता इंग्ल्याण्डले पनि दोस्रो खेलमा पहिलो हार ब्यहोर्यो । उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

पाकिस्तानको जितमा बलिंगलबार वाहब रियाजले ३ विकेट लिए भने मोहम्मद आमिर र शादव खानले २–२ विकेट लिए । यस्तै मोहम्म हाफिज र सोयब मलिकले १–१ विकेट लिए ।

यसअघि हाफिजले ८४ रन बनाएपछि पाकिस्तानले सुरक्षित ३४८ रनको विशाल स्कोर बनाएको थियो । अंक तालिकमा पाकिस्तानले पनि दुई अंक जोडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ
महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ
गाउँपालिका कार्यालयमा तालाबन्दी !
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
दुबईमा मृत्युदण्ड पाएका खड्ग काठमाडौँमा, कसरी आए जीवितै ?
दुबईमा मृत्युदण्ड पाएका खड्ग काठमाडौँमा, कसरी आए जीवितै ?
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/

तपाईंले छुटाउनुभयो कि?