आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ स्थानको यात्रा फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । चन्द्रमाको साथ रहेको छ । कुनै शुभकार्य गर्दा फलदायी हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धन लाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिका जातकका लागि मानसिक असन्तोष हुनसक्छ । सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथसहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नाले मीन राशि भएका व्यक्तिका लागि आजको दिन शुभ रहेको छ । बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Binance注册

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    en iyi binance referans kodu

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/ES_la/register?ref=T7KCZASX

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूजील्यान्डमा विश्वको पहिलो एचआईभी पोजिटिभ वीर्य ब्याङ्क
न्यूजील्यान्डमा विश्वको पहिलो एचआईभी पोजिटिभ वीर्य ब्याङ्क
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
३३ किलाे सुन प्रकरण: गोरे’ ग्याङ बनाउने मुख्य नाइके पक्राउ
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
बलात्कारका अभियुक्त लाई आठ वर्ष कैद सजाय
बलात्कारका अभियुक्त लाई आठ वर्ष कैद सजाय
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
हेर्नुस् तलब बाहेक यतिका भत्ता लिन्छन् सरकारी कर्मचारी
हेर्नुस् तलब बाहेक यतिका भत्ता लिन्छन् सरकारी कर्मचारी
गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो
गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,

तपाईंले छुटाउनुभयो कि?