मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
२३३२ पटक हेरिएको
Shares
मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।

सारांश

  • नेकपा एमाले केन्द्रिय प्रचार बिभाग को आयोजना मा धुम्बाराही पार्टी कार्यालयमा मधेशका प्रभाबशाली नेताहरु सँग छलफल र परामर्श गरेका छन् ।
  • पार्टी सचिव एबम प्रचार बिभाग प्रमुख योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठक मा पार्टी का तराइ मधेश क्षेत्रका प्रभाबसाली नेताहरुको उपस्थिती थियो ।
  • राय सल्लाह को क्रम मा पार्टी का केन्द्रिय सदस्य एबम धनुषा जिल्ला इन्चार्ज श्रीप्रसाद शाह ले मधेश र मधेशी जनता को स्वाभिमान लाई नेपाल र नेपाली को स्वाभिमान बनाउन हाम्रो पार्टी ले खेलेको अगुवाइ पूर्ण भूमिका लाई मधेश को वडा वडा सम्म लानु पर्ने ब्यबस्था मिलाउने पर्ने सल्लाह दिनुभयो ।

नेकपा एमाले केन्द्रिय प्रचार बिभाग को आयोजना मा धुम्बाराही पार्टी कार्यालयमा मधेशका प्रभाबशाली नेताहरु सँग छलफल र परामर्श गरेका छन् । पार्टी सचिव एबम प्रचार बिभाग प्रमुख योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठक मा पार्टी का तराइ मधेश क्षेत्रका प्रभाबसाली नेताहरुको उपस्थिती थियो । राय सल्लाह को क्रम मा पार्टी का केन्द्रिय सदस्य एबम धनुषा जिल्ला इन्चार्ज श्रीप्रसाद शाह ले मधेश र मधेशी जनता को स्वाभिमान लाई नेपाल र नेपाली को स्वाभिमान बनाउन हाम्रो पार्टी ले खेलेको अगुवाइ पूर्ण भूमिका लाई मधेश को वडा वडा सम्म लानु पर्ने ब्यबस्था मिलाउने पर्ने सल्लाह दिनुभयो । धनुषा अध्यक्ष राज किशोर यादव ले केपी वली सरकार ले मधेश लाई पहिलो प्राथमिकता मा राखेर गर्नुभएका काम हरु लाई चुनाबी प्रचार प्रसार सामाग्री बनाएर गाउँ गाउँ सम्म लग्नु पर्छ । युबा नेता सन्जीव झा ले मधेश का स्थानिय टेलिभिजन , रेडियो , लगायत का मिडिया हरु लाई रणनिती पूर्वक चुनाव मा प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्नुभयो ।
यसै गरी मदन भण्डारी को मधेश सम्मन्धी को जुन बिभेद मुक्त गर्ने बिचार र कार्यक्रम लाई हाल केपी वली ले दिएको निरन्तर्ता लाई हामी मधेशी समुदाय का बिच ब्यापक रुप ले लानु पर्छ भन्ने कुरा पूर्व मन्त्री रघुबिर महासेठ ले राख्नु भयो  । सो कार्यक्रम मा पोलिट ब्युरो सदस्य एबम प्रदेश नम्बर दुई को प्रमुख नगेन्द्र चौधरी , पूर्व मन्त्री डा बन्शीधर मिश्र , पूर्वमन्त्री रामचन्द्र यादव लगायता का नेता हरु ले आफ्नो धारणा राख्नुभएको थियो ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?