७७ करोड बोनस बाँड्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ११ माघ- इन्धन कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्याएको छ।
  • बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर गत वर्ष ०७३/७४ को नाफाबाट उक्त रकम विनियोजन गरेको निगमले जनाएको बाँड्न लाखेको आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
  • ऋणमा डुबेको निगम उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकम असुलेर ऋणमुक्त भएको होे ।

काठमाडौं, ११ माघ- इन्धन कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्याएको छ। बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर गत वर्ष ०७३/७४ को नाफाबाट उक्त रकम विनियोजन गरेको निगमले जनाएको बाँड्न लाखेको आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

ऋणमा डुबेको निगम उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकम असुलेर ऋणमुक्त भएको होे । निगमले आर्थिक वर्ष ०७१/७२ मा पूर्वाधार शीर्षकबाट १४ अर्ब ७८ करोड र ०७२ र ७३ मा २१ अर्ब ८८ करोड गरी कुल ३६ अर्ब ६६ करोड रुपैयाँ उठाएको थियो । यही रकमबाट ऋण तिरेपछि निगम नाफामा गएको हो।

निगमले गतवर्ष कमाएको नाफा नौ अर्ब ४५ करोड हो । उसले तयार पारेको वासलात अनुसार सरकारलाई आयकरबापत तीन अर्ब ४१ करोड तिरेको र ७७ अर्ब १६ करोड रुपैयाँ बोनसका लागि छुट्ट्याएको हो । तीन आर्थिक वर्षदेखि निरन्तर नाफामा गएपछि निगमको बोनस खातामा अहिलेसम्म दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ । तीन आर्थिक वर्षको नाफाबाट बोनस रकम विनियोजन गरे पनि कर्मचारीलाई वितरण भने गरेको छैन् ।

वासलातमा बोनस छुट्ट्याए पनि वितरण नगरिने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘कानुनी व्यवस्था अनुसार वासलातमा नाफाको ६ प्रतिशत बोनस वापत छुट्ट्याए पनि अडिट रिपोर्टमै वितरण नगर्ने निर्णय लेखेका छौं,’ भट्टराईले भने, ‘बोनस बाँड्नेमा हाम्रो ध्यान छैन ।’ अर्थ मन्त्रालयले पनि बोनस नदिन निर्देशन दिइसकेकाले रकम वितरण नहुने उनले स्पष्ट पारे ।बोनस ऐन २०३० को दफा ५ (१) मा नाफा गर्ने निकायले खुद नाफाको ६ प्रतिशत वा तीन महिनाको तलब बराबरको बोनस वितरण गर्नुपर्ने व्यवस्था छ । सरकारी स्वामित्वमा रहेका संघ–संस्था, प्रतिष्ठान सञ्चिती नाफामा गएपछि ६ प्रतिशत बोनस खान पाइने प्रावधानमा टेकेर निगमले बोनसको लागि रकम विनियोजन गरेको हो ।

निगमले नभई सरकारकै महालेखापरीक्षक कार्यालयले गर्ने लेखापरीक्षण प्रतिवेदनमै बोनस रकम छुट्ट्याउनुपर्ने उल्लेख भएको निगम अधिकारी बताउँछन् । सरकारी ब्यालेन्स सिटमा बोनसको कोलम भएकाले रकम देखाएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘सरकारी संस्थान सरकारको नीति–नियमबाट बाहिर जान सक्दैन,’ शाहले भने, ‘यो वर्षमात्र होइन विगतमा पनि वितरण गरेका छैनौं ।’ निगमको यसै साता आर्थिक वर्ष ०७३/७४ को लेखापरीक्षण सम्पन्न भएको हो ।
निगमको भनाइमा अर्थ मन्त्रालयका अधिकारी भने सहमत छैनन् । सरकारले बोनस ऐन पाँचौं संशोधन विधेयक, २०७३ पारित गरिसकेको छ । ऐन पारित भए पछि नियमावलीको मस्यौदा तयार गर्ने क्रममा रहेको अर्थ मन्त्रालयले जनाएको छ । विधेयकमा सञ्चित नोक्सानी भएका कम्पनीले बोनस बाँड्न नपाउने व्यवस्था छ । यसअघिको ऐनमा नाफा कमाएको कम्पनीले बोनस बाँड्न सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
झोलामा राखेको ७ दिनको बच्चा बसमा रोएपछि…
नेकपाकाे चियापानमा कुटपिट !
नेकपाकाे चियापानमा कुटपिट !
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
मुख्यमन्त्री राउतविरुद्ध खनिए नवराज सिलवाल, हावा कुरा नगर्न चेतावनी (भिडियोसहित)
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }

तपाईंले छुटाउनुभयो कि?