ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी

सारांश

  • काठमाडौं, ६ माघ- ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो ।
  • राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ ।
  • यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन् ।

काठमाडौं, ६ माघ- ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो ।

राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन् ।

मधेस आन्दोलन र निर्वाचनअघि उनी यो भनाइमा प्रभावित रहेर मधेसी जनताका पक्षमा लड्दै आए पनि राज्यको सेवा सुविधा लिने मामिलामा भने परिवारबाहिर नजानेमा उनै ठाकुर अब्बल देखिएका छन् ।

अध्यक्ष ठाकुरले सम्धी-सम्धिनीप्रति राखेको मोह भने बुझिनसक्नु रहेको राजपाका नेताहरु बताउँछन् । जतिपटक अवसर आउँछ, उनले आफ्नो कोटाबाट उतिपटक सम्धी सम्धिनीलाई अवसर दिन छुटाएका छैनन् ।

उनको कोटाबाट अहिलेसम्म राज्यका उपल्ला निकायमा सहिद परिवारजनले अवसर पाएका छैनन् ।
यसपटक पनि अध्यक्ष ठकाुरले प्रदेश ५ को प्रमुखमा सम्धी उमाकान्त झालाई नियुक्त दिलाउन सफल भएका छन् ।

उनकी सम्धिनी इन्द्रा झा राजपाबाट समानुपातिकतर्फको सूचीको तेस्रो नम्बरमा छिन् । क्रमसंख्याको आधारमा चयन गर्ने हो भने इन्द्रा झा राजपाबाट संसदमा जाने सुनिश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?