मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
सारांश
- मुम्बई।
- अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रियंका चोपडाका पति निक जोनासले आफ्नो फोटो शेयर गर्दै भावुक स्टाटस लेखेका छन्।
- निकले लेखेका छन्, ‘विश्वभरका सबैभन्दा अद्भूत महिलाकालागि महिला दिवसको शुभकामना।
मुम्बई। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रियंका चोपडाका पति निक जोनासले आफ्नो फोटो शेयर गर्दै भावुक स्टाटस लेखेका छन्। निकले लेखेका छन्, ‘विश्वभरका सबैभन्दा अद्भूत महिलाकालागि महिला दिवसको शुभकामना। उनी (प्रियंका) इनक्रेडिबल महिला विश्वभरका धेरै महिलाकालागि उज्यालो र प्रेरणाको एक किरण हुन्। आइ लभ यू प्रियंका।’
प्रियंकाले पनि निकको स्टाटसको जवाफ दिँदै लेखेकी छन्, ‘तिमी सबैभन्दा असल पति हौ। धन्यवाद।’
सामाजिक संजाल प्रयोगकर्ताले भने किनको मजा उडाएका छन्। एक समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘हो अब आमालाई त बिर्सियौ नी अब!’ अर्का एक जनाले लेखेका छन्, ‘ह्याप्पी मदर्स डे…तिमी र तिम्रो मम प्रियंकलाई।’
अर्का एक जनाले लेखेका छन्, ‘तिम्री आमाको के हुन्छ, जसका कारण तिमी छौ? उनले तिमीलाई जन्म दिइन् तर तिमी महिला दिवसको अवसरमा पत्नीका विषयमा मात्र लेख्यौ।’
प्रियंका चोपडा र निक जोनासको विवाह जोधपुरको उमैद भवन प्यालेसमा १ र २ डिसेम्बर २०१८ मा भएको थियो। दुई वटा परम्परा अनुसार भएको विवाहका क्रममा यस्तो पनि अवस्था आएको थियो जब यो विवाह रोकिने अवस्था पनि आएको थियो। निक स्वयंले हलिउड च्याट शो द लेट लेट शो विद जेम्स कार्डन का क्रममा खुलासा गरेका हुन्। निकका अनुसार विवाहमा भएका धेरै प्रक्रियाले उनी हैरान भएका थिए। र उनको मनमा विवाद रोक्ने विचार पनि आएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया